धनुषामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ९ बड्हरी नजिकको पुल क्षेत्रमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्।
अज्ञात समूहले राखेको पटाका जस्तो देखिने वस्तु आज दिउँसो करिब २ बजे अचानक पड्किएको थियो। विस्फोटमा १६ वर्षीया आशा भूजेल र ८ वर्षीया शुसील माझी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया






