महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाको अग्रता

महोत्तरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा महोत्तरीका चारवटै क्षेत्रमा रास्वपाका उमेदवारले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार आज दिउँसो ४ बजेसम्म क्षेत्र नं १ मा रास्वपाका प्रमोद कुमार महतोले १० हजार ९९३ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीका गिरिराजमणि पोखरेलले तीन हजार ९२३ र नेकपा ९एमाले० का लक्ष्मी महतो कोइरीले दुई हजार ८५६ मत प्राप्त गरेका छन् ।
यस्तै, क्षेत्र नं. २ मा रास्वपाका दीपक कुमार साहले दुई हजार ९१९ र जनता समाजवादी पार्टीका शरतसिंह भण्डारीले ८५८ मत प्राप्त गरेका छन् । क्षेत्र नं. ३ मा रास्वपाका उज्ज्वल झाले ५७१ र स्वतन्त्र उमेद्ववार रामआधार कापरले ११४ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. ४ मा रास्वपाका गौरी कुमारीले ६५१ र जनता समाजवादी पार्टीका डा.सुरेन्द्र कुमार यादवले २६९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद अधिकारीले जानकारी दिए ।






