ओली र लेखक पक्राउ पछि गृहमन्त्रीले भने:यो प्रतिशोध होइन

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्रीलाई प्रतिशोध साध्नलाई पक्राउ नगरेको स्पष्ट पारेका छन् ।

आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

नवगठित सरकारले पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
    ट्याग: