ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने एमालेकाे निर्णय

काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहाइको माग गर्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई तत्काल रिहा गरियोस् भन्ने मागसहित एमाले सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छः
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने
एमाले अध्यक्ष ओलीलाई आज बिहान उनको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको छ ।






