चीनमा दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा

काठमाडौं । चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबैको मृत्यु भएको घोषणा गरिएको छ। जहाजमा १ सय ३२ जना रहेका थिए ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १ सय २३ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको छन् ।

गत सोमबार चीनको कुनमिङबाट ग्वान्जाओ जाँदै गरेको बोइङ ७३७-८००एनजी मोडलको जहाज २९ हजार फिटमाथिबाट एक्कासी जमिनमा बजारिएको थियो।

पहाडको जंगलमा जहाज खसेपछि आगो लागेको थियो। खोजीकर्ताहरूले सुरूमै कोही जीवित हुने सम्भावना नरहेको बताएका थिए।

प्रतिक्रिया