भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने सरकारको निर्णय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ ।

यातायात व्यवस्था विभागले आइतबार अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने भएको छ । सरकारले पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने भएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । त्यस्तै मध्यम र छोटो दूरीका सवारीको भाडा भने प्रदेश सरकारहरुले बढाउने छन् ।

डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागमा बेवास्ता गरेमा आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिंदै आएको थियो ।

प्रतिक्रिया