पर्यटन बोर्डद्वारा बीबीसी मास्टर सेफको टोलीलाई सम्मान

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाईनालिस्टहरुलाई सम्मान गरेको छ ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा “मास्टर सेफ सन्तोस साहको साथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने लगायतले सम्मान गरेका हुन् ।

सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा। रेग्मीले सन्तोष शाहले नेपाली पकवानलाई विश्व सामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताए । उनले भने, ‘नेपाललाई पर्यटन गन्तव्यका हिसावले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन् । तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना÷परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाल पकवान पर्यटनका हिसावले पनि महत्वपूर्ण गनत्वय हो भन्ने सन्देश गएको छ ।’

सम्मानित व्यक्तित्व सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु¥याउन पाउँदा आफुलाई गर्व लागेको बताउँदै नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रसिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताए ।

उनले आफ्नोसाथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न पनि आग्रह समेत गरे । यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफुहरु नेपाल घुम्न,यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताए ।

नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा प्यासिफिक एसिया ट्राभल एशोसिएसन ९पाटा० नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियान अन्तर्गत आयोजना गरेको ‘मास्टर सेफ फाइनालिस्ट टुर टु नेपाल’नामक टुर कार्यक्रमका क्रममा सेफ सन्तोष शाह सहितको टोली अप्रिल ७ तारिख देखि नेपाल भ्रमणमा रहेको छ । उक्त टोली नेपालका विभिन्न स्थानहरुमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिहरुमा संलग्न भएर काठमाडौं फकिएको छ ।

प्रतिक्रिया