महिला र पुरुषलाई एकसाथ विश्वविद्यालय जान नदिने तालिबान सरकारको निर्णय
एजेन्सी । अफगानिस्तानमा महिला र पुरुष एकैदिन विश्वविद्यालय जान नपाउने भएका छन् ।
तालिबान सरकारको नयाँ नियम अनुसार अबदेखि महिला र पुरुष एकैदिन विश्वविद्यालय अध्ययनका लागि जान नपाउने भएका हुन् ।
नयाँ नियम अनुसार विश्वविद्यालय जाने महिला र पुरुषका लागि छुट्टाछुट्टै बार तोकिएको छ । जस अनुसार शनिवार, सोमवार र बुधवार महिलाहरू र आइतवार, मङ्गलवार र बिहीवार पुरुषहरू विश्वविद्यालय जाने छन् ।
तालिबानको शिक्षा मन्त्रालयका अनुसार विश्वविद्यालयमा यौन उत्पिडनको घटनालाई कम गर्न यस्तो निर्णय गरिएको हो ।
यो व्यवस्था हाल काबुल विश्वविद्यालयमा लागू हुनेछ ।
प्रतिक्रिया