विराटनगरमा नेपाली कांग्रेसका उम्मेदवार नागेशको अग्रता कायमै
विराटनगर । विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाको अग्रता कायमै छ ।
कोइरालाले १९ हजार १७३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सागर थापाले १४ हजार ३३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले ३ हजार ७०८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा नेकपा ९एमाले०को शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले ९ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले ४ हजार ४९३ र स्वतन्त्र उमेदवार नमिता न्यौपाने पोखरेलले ३ हजार ५४९ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया