काठमाडौंमा बिहानैबाट वर्षा

काठमाडौं । काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ ।

देशका अन्य प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया