पञ्जाबलाई पराजित गर्दै बैङ्गलोर आईपीएलको फाइनलमा

काठमाडौँ । रोयल च्यालेन्जर्स बैङ्गलोर इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
प्ले अफ अन्तर्गत भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सलाई ८ विकेटले पराजित गर्दै बैङ्गलोरले आईपीएलको फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पञ्जाबले दिएको १०१ रनको सामान्य लक्ष्य बैङ्गलोरले निर्धारित ओभरको जम्मा १० ओभर खेल्दै २ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित हात पार्यो ।
टस हारेर पहिला ब्याटिङ्ग गरेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा १०१ रन मात्रै बनाउन सक्यो ।
तर, पराजित भएको पञ्जाबले फाइनलमा पुग्ने अर्को मौका भने पाएको छ ।
अब पञ्जाबले एलिमिनेटरमा पराजित टिमसँग दोस्रो क्वालिफायरमा फाइनलका लागि भिड्ने छ ।
प्रतिक्रिया






