बारा २ बाट चुनाव लड्न यादवलाई जसपाको आग्रह

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बारा २ बाट चुनाव लड्न आग्रह गरिएको छ । बारामा भएको जसपाको क्षेत्रीय भेलाले अध्यक्ष यादवलाई चुनाव लड्न आग्रह गरिएको जसपाका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अर्थ मन्त्री संजयकुमार यादवले बताए ।
अध्यक्ष यादवलाई ६ हजार जनाको हस्ताक्षरबाट बारा २ मा बैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दिन आग्रह गरिएको उनले बताए । त्यस क्षेत्रबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि उपनिर्वाचन हुन लागेको छ ।
सप्तरी २ बाट अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग पराजित भएका थिए ।
प्रतिक्रिया






