बारा २ को मतपरिणाम आजै आउँने, ५५ प्रतिशत गणना सकियो

बारा । बारा २ को मतपरिणाम आजै रातिसम्म आउँने भएको छ । मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार आज राति १२ बजेसम्म अन्तिम मतपरिणाम आउँनेछ ।
उनले यस निर्वाचन क्षेत्रको १५ वटा वडाको मत गणना गर्न मात्र बाँकी रहेको जनाएको छ ।
अब महागढीमाई नगरपालिकाको ६ र पचतौरा नगरपालिकाको ९ वटा गरि कुल १५ वटा वडाको मतगणना गर्न मात्र बाँकी रहेको मुख्य निर्वाचन अधिकृत उपाध्ययाले जनाएको छ । ४४ वटा वडा रहेको यस क्षेत्रमा १ लाख ५ हजार २५८ मतदाता रहेको छ । त्यसमध्ये सम्पन्न उपनिर्वाचनमा ६९ हजार १०७ मतदान भएको थियो । यस अनुसार मतदान भएको ६५ प्रतिशत मध्ये ५५ प्रतिशत मतगणना सकिएको छ । बाँकी १० प्रतिशत मत २७ हजार ३३९ गणना गर्न बाँकी रहेको जनाईएको छ ।
यस निर्वाचन क्षेत्रमा जम्मा ४४ वटा वडा रहेको छ ।
प्रतिक्रिया






