रास्वपा संघीयता र नागरिकता विधेयक विरोधी छैन् : सभापति यादव

जनकपुरधाम । रवि लामिक्षाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी (रास्वपा)का मधेश प्रदेश समितिका सभापति इन्जिनियर तपेश्वर यादवले रास्वपा संघीयता र नागरिकता विधेयकको विरोध नगरेको बताएका छन् ।

सभापति यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संघीयता र नागरिकता विधेयकको विषयमा प्रष्टीकरण दिएको छ । विहीबार जनकपुरधाममा वार्षिक उत्सवको अवसरमा आयोजित चियापान कार्यक्रममा सो प्रष्टीकरण दिइएको हो ।

उनले प्रदेशमा सांसदको संख्या घटाउनु पर्ने र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्ने रास्वपाको माग गरेको जिकिर गरे । ‘हामीले संघीयताको विरोध गरेका छनौं । संघीयताको नाममा भइरहेको फजुल खर्च रोक्नुपर्ने भनेका छौं,’उनले भने,‘केही सांसदको संख्या घटाउनु पर्छ र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनु पर्ने हाम्रो एजेण्डा हो ।’

यस्तै उनले नागरिकता विधेयकको पनि विरोध नगरेको दोह¥याए ।

देशमा विधिको साशन हुनुपर्ने उनको भनई छ । संसद हुँदा हुँदै संसदमा प्रवेश नै नगरीकन अघिल्लो सरकारले पास गरेको नागरिकता विधेयक प्रमाणिकरण गराउनु गल्त रहेको उनले बताए । जन्मसिद्ध नागरिकले नागरिकता पाउनु पर्ने रास्वपाको पनि माग रहेको उनको दावी छ ।

https://www.facebook.com/nagarikmirror/posts/pfbid02CcEWf7BwfVC2RT2xqSSNWvC8oijtpemvsosuKdG8ifXeCR5VacH1vxUWmdLCWnUzl?__cft__[0]=AZWcErR5mpp7k1hqMOzXWCmVSqzhACJDdq-TFxmwvHe83f7COD5tWr8KIaoRhRLc8SvjJ6A_IuYlMgIUd7zPJBEgu1HxRSz7f7iqNxz9s9G97ZwOZ-_g5mccIKIsopC83a67_jTBjqLo1x3HXXO27L4FnVc-AcCSRYSLIoWB9XnUVrjpTavOg1pDjuAGoJJ1IO8&__tn__=%2CO%2CP-R

रास्वपा मधेश प्रदेशका महामन्त्री मनिष कुमार साहले पार्टीलाई कमजोर बनाउन मधेशमा विभिन्न भ्रम फैलाइएको बताए । पार्टीको उत्साह देखेर मधेशकै पार्टीहरुले सो भ्रम फैलाइएको उनको कथन छ । पार्टीले अगामी निर्वाचनमा तीनै तहमा उम्मेदवारी दिने उनले बताए ।

रास्वपामा लागेका ९० प्रतिशत सदस्य दक्ष एवं साक्षर रहेको धनुषा संयोज जयप्रकाश महतोले बताए । रास्वापा नयाँ उर्जा र नयाँ संकल्पको साथ अगाडि बढिरहेको उनले बताए ।

प्रतिक्रिया