मधेसमा प्रदेश निजामती किताबखाना संचालन

जनकपुरधाम । मधेश प्रदेशमा वैयक्तिक सूचना प्रणाली (एक्ष्क्) पोर्टल संचालनमा आउने भएको छ । मुख्यमन्त्री सरोज कुमार यादवको अध्यक्षतामा बिहीबार जनकपुरधाममा आयोजित एक समारोहका बीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय किताबखाना (निजामती) ललितपुरबीच सम्झौता भएको छ ।

राष्ट्रिय किताबखाना (निजामती) ले सो अवसरमा प्रदेश निजामती किताबखानालाई वैयक्तिक सूचना प्रणाली(पीआइएस) को यूजर आइडी तथा पासवर्ड हस्तान्तरण गरेको थियो ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रशासनिक संघीयता कार्यान्वयनमा प्रदेश निजामती किताबखाना संचालनले टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कर्मचारीलाई व्यवस्थापनको लागि काठमाण्डौ धाइराख्नुपर्ने बाध्यता समेत यसले हटेर जान्छ, प्रदेश प्रमुख मिश्रले भने–कर्मचारीले यस प्रकारको सुविधा अव प्रदेशबाटै लिन पाउने छन् । प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापन गर्न किताबखानाले सहयोग पुग्ने धारणा उनको थियो । सो अवसरमा मुख्यमन्त्री यादवले निजामती कर्मचारी ऐन, प्रहरी ऐन र लोकसेवा सम्बन्धी ऐन ल्याउँदा काठमाण्डौमा पराकम्प गएको बताए ।

संघीय सरकारले २० वर्षसम्म निजामती कर्मचारी ऐन नल्याए, प्रदेश सरकारले कुरेर बस्छ, उनले भने–प्रदेश सरकारले आफ्नो अधिकारको प्रयोग गरेर अघि बढ्छ । प्रदेश सरकारले संविधानलाई टेकेर आप्mनो अधिकारको लागि अघि बढेको बताउँदै उनले २०८० बैशाख २१ गतेको मन्त्रिपरिषद्को बैठकबाट नै साउन महिनादेखि प्रदेश किताबखाना संचालनमा ल्याउने निर्णय गरेको स्मरण गर्दै यो कार्य तोकेको समयभन्दा अगावै भएको सबैमा धन्यवाद समेत व्यक्त गरे ।

सो अवसरमा प्रादेशिक लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, नीति आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, मुख्यन्यायाधिवक्ता विरेन्द्र ठाकुर लगायतले आ आफ्नो धारणा राखेको थियो ।

सम्झौतामा मधेश प्रदेश सरकारको तर्पmबाट निमित प्रमुख सचिव किशोर कुमार चौधरी र राष्ट्रिय किताबखाना(निजामती) का उपमहानिर्देशक सुशिला अर्यालले हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया