सिरहा नगरपालिकाले हटाए करारका कर्मचारी

सिरहा । सिरहा नगरपालिकाले करारको कर्मचारीहरुलाई हटाएका छन् । नगरपालिका मातहत रहेको सबै आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यरत करार स्वास्थ्यकर्मी कर्मचारीहरुलाई हटाएका छन् ।

आधारभुत केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु तथा कार्यालय सहयोगीहरुलाई हटाएका छन् । नगरपालिकाले संघीय सरकारको सशर्त अनुदान तर्फ उनीहरुको तलब भत्ता बिनियोजन नगरेकोले श्रावण १ गतेदेखि सेवा करारको म्याद थप नगर्ने जनाएका छन् ।

नगरकार्यपालिकाले २६ चैत्र २०७९ मा म्याद थप नगर्ने निर्णय अनुसार श्रावण १ गतेदेखि म्याद थप नहुने सूचना जारी गरेको छ ।

प्रतिक्रिया