मंगलम् डाईगनोस्टिमा अब २० प्रतिशतसम्म छुट हुने

जनकपुरधाम । महालक्ष्मी विकास बैंकमा खाता भए मंगलम् डाईगनोस्टिक सेन्टरको ल्याबमा २० प्रतिशतसम्म छुट हुने भएको छ।

मुलुकभर १ सय ३ वटा भन्दा बढी शाखा सन्जाल भएको राष्ट्रिय स्तरको बिकास बैंकले आफ्नो कार्ड होल्डर ग्राहकहरुको लागि यो व्यवस्था गरेको छ । बैंकका कार्ड होल्डर ग्राहकलाई प्याथोलोजी टेस्टको सम्पूर्ण शुल्कमा
१० प्रतिशत र बैंकका कर्मचारीलाई २० प्रतिशत छुट हुने जनाईएको छ।

बैंक र मंगलम् डाईगनोष्टिक सेन्टरले एक कार्यक्रमबीच यस विषयमा व्यवसायिक सम्झौता गरेको छ ।

सेन्टरलले विरगञ्गस्थित शाखा कार्यालयमा उक्त सम्झौता गरेको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट विरगञ्ज शाखाका प्रमुख पुरुषोतम अधिकारी र मंगलम डाईग्नेस्टिक सेन्टर प्रा. लि.को तर्फबाट अध्यक्ष डा.अमरनाथ ठाकुर सम्झौतामा हस्ताक्षर गरेको थिाये ।

महालक्ष्मी बिकास बैंक लि.का मधेस प्रदेशका प्रमुख सुदिपचन्द्र पोखरेलको विशेष उपस्थितिमा सभ्झौता भएको थियो ।

मंगलम डाईग्नोस्टिक सेन्टरले आफ्नो सेवा बिरगंज बाहेक जनकपुर र सिमरामा पनि बिस्तार गरेकोले महालक्ष्मी बिकास बैंकमा कारोबार गरिरहेका ग्राहक र कर्मचारीहरुले विशेष लाभ लिन पाउने भएका छन् ।

प्रतिक्रिया