प्रदेशमा पोषणको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री यादव

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशमा पोषण सम्बन्धी समस्या समाधान गर्न संघीय र स्थानीय सरकारसित सहकार्य र समन्वय गरेर अघि बढ्ने बताएको छ ।

सोमबार जनकपुरधाममा आयोजित पोषण सम्बन्धी राउण्डटेबल छलफल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले मधेश प्रदेशमा पोषण ठूलो समस्याको रुपमा देखिएकोले यसको समाधानको लागि आवश्यक सहकार्य र समन्वय गर्न तयार रहेको बताए ।

पोषण सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकार गंभिर छ, उनले भने,–यसको लागि हरसम्भव प्रयासको लागि प्रतिबद्ध छ ।

प्रदेशमा पोषणको स्थिति सुधार कार्यमा सघाउने संघसंस्थासित पनि सहकार्य र समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

बहुक्षेत्रीय पोषण कार्यक्रम संचालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी मुख्यमन्त्री यादवले गराए ।

प्रदेशवासीको मौलिक हकको रक्षा गर्न प्रतिबद्ध रहेको बताउदै यसमा सबैलाई सहयोगको लागि पनि आग्रह गरे ।

सो अवसरमा नेपाली कांग्रेसकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य डा. आरजु देउवाले शिशुसँगै आमाको पनि पोषणको आवश्यक्तामा जोड दिए । पोषण अभावमा आमा कमजोर हुँदा शिशु स्वस्थ हुँदैन, उनले भने–त्यसैले आमालाई पनि पोषणको आवश्यक्ता छ । मानवीय विकास सुचकांकमा पछि परेको मधेश प्रदेशको विकासको लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने धारणा उनले राखे । मधेश प्रदेशमा स्वास्थ्यको अवस्था सुधार गर्न जनसंख्याको आधारमा बजेट विनियोजन गर्नुपर्ने बताए ।

छलफल कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण प्रसाद यादवले प्रदेशलाई संघीय सरकारले ओझेलमा पारेको टिप्पणी गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले केही दिनभित्रै मधेश प्रदेश पूर्ण खोपयुक्त प्रदेश घोषणा हुने जानकारी दिए । प्रदेशको १ सय १८ पालिका पूर्ण खोपयुक्त घोषणा भइसकेको र बाँकी १८ पालिका घोषणाको तयारीमा रहेको मन्त्री सिंहले बताए ।

सो अवसरमा पोषण सम्बन्धी राष्ट्रिय योजना आयोगकोतर्पmबाट डा. किरण रुपाखेती, प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी लगायतले प्रस्तुतिकरण गरेको थियो ।

कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादव, वन तथा वातावरण मन्त्री रमेश पटेल, विनाविभागीय मन्त्री सुरिता साह, प्रमुख सचिव किशोर चौधरी लगायत प्रदेश सरकारका सचिव तथा सरोकारबालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया