चलचित्र ‘राजागन्ज’ को छायांकन सुरु

जनकपुरधाम । दिपक रौनियारको निर्देशनमा चलचित्र ‘राजागन्ज’ को छायांकन सुरु भएको छ । आजदेखि चलचित्रको शुभमुहुर्त गर्दै फिल्मको छायांकन जनकपुरधाममा सुरु भएको हो ।

रौनियारको निर्देशनमा बन्न लागेको चलचित्रमा मुख्य भूमिकमा सीने जगतका चर्चित नाम दयाहांग राईको छ । त्यस्तै चलचित्रमा विजय बराल, पूर्व मिस नेपाल निकिता चन्डक, आशा मगराती, ऋचा शर्मा, परमेश झा, घनश्याम मिश्र, आरती मण्डललगायतका कलाकारहरू रहेका छन् ।

पहिको पटक यस फिल्ममा युवा अभियन्ता सरोज मिश्रसमेत फिल्ममा अभिनय गर्दै छन । फिल्मको लगभग ९५ प्रतिशत सुटिङ धनुषाको जनकपुरधाम र महोत्तरी लगायतको स्थानमा हुने निर्माताले जनाएको छ ।

फिल्मका निर्देशक रौनियारले यसअघि सेतो सूर्य, हाइवे, चौकठ लगायतका वेस चर्चित फिल्महरु बनाईसकेका छन् ।

रास्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चित निर्देशक रौनियारले झन्डै ७ वर्ष रिसर्च गरेर राजागञ्ज फिल्म बनाउन लागेका छन् ।

बाँसुरी र आदि फिल्मले प्रोडक्शन गर्दै छन्। फिल्मलाई अंग्रेजीमा द स्काइ इज माइनु नामकरण गरिएको छ । जसको अर्थ यो मेरो संसार हो वा यो आकाश मेरो हो भन्ने बुझिन्छ ।

प्रतिक्रिया
    ट्याग: