दमकका प्रमुख प्रशासकीय अधिकृतले क्वाटरमै यस्तो गरेको भिडियो सार्वजनिक भएपछि…

विराटनगर । झापा दमकका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले आफ्नो क्वाटरमै एक महिलासँग अनैतिक कार्य गरेको भिडियो सार्वजनिक भएको छ ।
निरौला र उनीसँगै रहेकी एक महिला मदिरामा लठ्ठ रहेको देखिन्छ । निरौलासँगै टिकटकको लाइभमा बसेर महिलाले कसैसँग कुराकानी गरिरहेको देखिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोशिस भइरहेका छ ।
निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरेका छन् । काठमाडौंमा जन्मदिन मनाउँदाको भिडियो भएको दावी गर्दै उनले धेरैजना ग्रुपमा हुँदाको भिडियो कसरी बाहिरियो आफू पनि अच्चमित रहेको जिकिर गरे ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे । उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । भिडियोले दमक नगरपालिकाकै बद्नाम भएको उनको भनाइ छ ।
प्रशासकीय अधिकृतकी श्रीमतीसहित परिवार भने काठमाडौंमा बस्दै आएको बताइएको छ ।






