पूर्वराष्ट्रपति पुत्र डा.चन्द्रमोहनले खुलेयाम पार्टीसँग अन्तर्घात गरेको आरोप [भिडियोसहित]

जनकपुरधाम । पूर्वराष्ट्रपति डा.रामवरण यादवका पुत्र डा। चन्द्रमोहन यादवले पार्टीसँग खुलेयाम अन्तर्घात गरेको आरोप लागेको छ ।
नेपाली काँग्रेस धनुषा क्षेत्र नं. ४(क) का क्षेत्रीय सभापति योगनारायण यादवले पार्टीका केन्द्रिय सदस्य समेत रहेको डा.चन्द्रमोहन विरुद्ध यस्तो आरोप लगाएका हुन् । बिहिबार पार्टीको एक कार्यक्रममा पार्टीको केन्द्रिय सदस्यले गरेको अन्तर्घात बारे बोल्न नदिएकोमा आपत्ति जनाउँदै उनले भने,‘रातदिन एक गरेर लागेर माया गरेर बनाएको पार्टीमा बोल्न नपाउनु दुःखद हो ।’
उनले पटक–पटक पार्टीको केन्द्रिय नेता डा.चन्द्रमोहनको अन्तर्घातको शिकार भई क्षेत्र नं. ४ मा पार्टीको उम्मेदवार चुनावमा हार व्यहोर्नुपरेको पार्टी नेता डा. शेखर कोईरालालाई सुनाए ।
‘हाम्रो सहमहामन्त्री महेन्द्र यादवलाई यो पटक पनि डा. चन्द्रमोहन यादवले खुलेयाम रुपमा हराएको छ,’ उनले भने, ‘क्षेत्रमा चुनावको समयमा घुम्न जान आग्रह गरेपनि फुर्सद छैन् भन्दै सहयोग गरेन् । प्रदेश र प्रतिनिधिसभातर्फ रहेको हाम्रो दुबै उम्मेदवार जित्छ भनेर वहाँलाई भनेको थिए । तर, पनि वहाँले समय छैन् भनेर आफ्नै पार्टीको उम्मेदवारलाई असहयोग गर्यो उनले भने ।
पार्टीका शिर्ष नेता डा. शेखर कोईरालासहित प्रदेशका मन्त्रीहरु जनकपुधाम उपमहानगरपालिकाका मेयरसहितको उक्त बैठकमा बोल्दै उनले डा. शेखर कोईरालालाई भने,‘प्रदेशसभा र प्रतिनिधिभाबाट समेत उनलाई कारवाही गर्न सिफारिस गरेर पठाएका छौं । तर, अहिलेसम्म त्यो कारवाहीको केही पनि भएको छैन् । त्यो अन्तर्घातीहरु दाईसँगै घुमिरहेका छन् । यसले आम कार्यकर्तामा ठुलो ठेस पुगिरहेको छ ।’
विशेष अन्तरक्रिया अभियान अन्तर्गत जनकपुरधाम आएका डा। शेखरलाई उनले पार्टीसँग गजदारी गर्नेलाई कहिले माफी नपाउने व्यवस्था गर्न माग गरे । पार्टीसँग अन्तर्घात गरेकोलाई कारवाहीको लागि भएको सिफारिस उपर छानविन गरि कारवाही हुनुपर्ने उनले जोडदार माग गरे ।
धनुषा क्षेत्र नं. ४ मा रघुवीर महासेठसँग दोश्रो पटक पनि सहमहामन्त्री महेन्द्र यादव पार्टीकै शीर्ष नेताबाट भएको अन्तर्घातको कारण हारेको पार्टीका नेता कार्यकर्ताहरुको भनाइ छ । यसपटक उनी महासेठसँग १ सय २४ मतले हार व्यहोरनुपर्यो ।
जिल्लामा महासेठ श्रीमान् श्रीमती नै निर्वाचित भएका हुन् । एमाले नेता महासेठकी श्रीमति जुली कुमारी महतो धनुषा ३ बाट निवार्चित भएकी छिन् । उनी तत्कालिन सत्ता गठबन्धनको साझा उम्मेदवार अनिल झालाई करिब १० हजार मतान्तरले पराजित गर्दै विजयी भईन् ।






