वडाध्यक्षहरुको श्रीमती बिरामी भएपछि भएन नगरसभा

सिरहा । सिरहाका एक स्थानीय तहमा मेयर आफै विरामी र वडाध्यक्षहरुका श्रीमति पनि विरामी भएपछि नगरसभा प्रभावित भएको छ । जिल्लाको कल्याणपुर नगरपालिकामा नगरसभा हुन नसकेको मेयर रामपुकार साहले बताएका छन् ।

हालसम्म नगरसभा किन गर्न सकिएन भन्ने प्रश्नमा उनले भने, ‘बिचमा मलाई सञ्चो भएन् । आईख उईठ गेलै (आँखा पाक्यो) । वडाध्यक्षसबके परिवारसबके सेहो मन खराब भगेलै (वडाध्यक्षहरुको श्रीमतीहरु पनि विरामी पर्यो) । र, कर्मचारीले पनि साथ दिएन ।’

मेयर साहले विभिन्न कारणले हालसम्म बजेट ल्याउन नसकेपनि अब छिट्टै नगरसभा भईसक्ने बताए ।

यसै महिनामा नगरसभा भईसक्नेसम्भावना छ, उनले भने,‘असारमा नीति तथा कार्यक्रम आईसकेको छ । कुनै खास कारण छैन् । कनि दिक्कत है (अलिक समस्या छ) । लेकिन कि करबै कखनो विभिन्न कारण सब भजाई है (कुनै बेला विभिन्न कारणहरु भईहाल्छ) । तर, यो महिनाको अन्तिम वा पहिले नै गरिसक्छौं ।’

कल्याणपुर नगरपालिकासहित औरही गाउँपालिका, विष्णुपुर गाउँपालिका, नवराजपुर गाउँपालिका र भगवानपुर गाउँपालिकाले हालसम्म बजेट ल्याएको छैन् ।

प्रतिक्रिया
नागरिक मिरर