एसिया कप : खेलाडीको मनोबल बढाउन जनकपुरमा र्याली

जनकपुरधाम । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्न लागेपछि आफ्नो देशका खेलाडीहरुको मनोबल बढाउन मधेस प्रदेशको राजधानी जनकपुरमा युवाहरुद्वारा ¥याली जुलुस निकालिएको छ ।
एक दिवसीय क्रीकेटको वरियताक्रमको पहिलो नम्बरमा रहेको पाकिस्तान र १५ औँ नम्बरमा रहेको नेपालबीच नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको मुल्तानमा हुँदैछ ।
एसिया कपमा पहिलो चोटी डेब्यू गर्न लागेको नेपालले टेष्ट राष्ट्र मान्यता प्राप्त विश्व क्रीकेटमा अधिपत्य जमाइरहेका भारत पाकिस्तानहरुसँग सिंगो मुलुक नै उत्साहित छन् ।
यस्तै एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानको म्याच हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले बुधबार दिउँसो २ बजेपछि बिदा दिएको छ ।






प्रतिक्रिया






