सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा पौने २१ लाखको मृत्यु दावी भुक्तानी

सर्लाही । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको मिर्चैया शाखाले पौने २१ लाखको मृत्यु दावी बापतको रकम भुक्तानी गरेको छ ।

कम्पनीले एक कार्यक्रम गरी सर्लाहीको ईश्वरपुर नगरपालिका ७ का नवीन कुमार यादवको परिवारलाई २० लाख ६६ हजार ५ रकम भुक्तानी गरेको हो ।

नवीनले वार्षिक धन फिर्ता जीवन बिमाअन्तर्गत् २० लाख रुपैयाँको बिमा गराएका थिए । जसमा उनले जम्मा २ किस्ता मात्र तिरेका थिए ।

तर, बीचमै क्यान्सरका कारण उनको मृत्यु भयो । बिमितको मृत्युुपछि कम्पनीले बिहीबार उनको घरमै पुगी बुवा रामनन्दन राय यादवलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख जयदेव गौतम, मिर्चैया शाखा प्रमुख कृष्ण कुमार गुप्ता, वरिष्ठ एजेन्सी म्यानेजर राजाराम यादव, ईश्वरपुर ७ का वडाध्यक्ष अनुठी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
    ट्याग: