कायापलटद्वारा वातावरणीय अधिकार विषयक कचहरी सम्पन्न

जनकपुरधाम । वातावरणीय अधिकार संरक्षणका लागि युवाहरुको सँस्था कायापलटद्वारा जनकपुर कचहरी सम्पन्न भएको छ । ‘वातावरणीय अधिकार संरक्षणमा स्थानीय सरकार : युवाको सरोकार’ विषयक कचहरीमा वातावरणीय अधिकार सुनिश्चित गर्न स्थानीय निकायलाई झक्झकाउन पर्ने उद्देश्यले कचहरीको आयोजना गरेको कायापलटका संस्थापक दिवाकर उप्रेतीले जनाए ।
उप्रेतीका अनुसार दिनाउँदिन बढ्दो प्रदूषणका कारण थुप्रै रुपमा मानिसमा क्षति भएता पनि स्थानीय सरकार तथा सरोकारवाला जिम्मेबार बन्न नसकेको बताए । उनले भने, ‘ वातावरण संरक्षणमा स्थानीय निकायमा देखिएको समस्या तथा नीति विहिन्तालाई चिर्न तथा स्थानिय पदाधिकारीलाई जवाफदेही बनाउन कचहरीको आवश्यक्ता पर्छ ।’
कार्यक्रममा वक्ताको रुपमा जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहले जनकपुरधाम उपमहानगरपालिका नीति निमार्ण तथा वातावरण जोगाउने पक्षमा कटिवद्ध रहेको बताए । ‘आजको भोलि एकै पटक विकासको प्रगति देखिन्न जसका कारण क्रमश भइरहेको विकासमा नगरिक स्तरबाट साथ र सहयोग हुनुपर्छ ।’ साहले भने, ‘नगरिक समाजले समेत हामीलाई योजना तथा नवितम सोचको माध्यमबाट जोड्न पर्छ ।’
उनले उपमहानगरपालिकाले प्लास्टिक रोक लगाउने विषयमा मनन गर्ने समेत बताएका थिए । त्यस्तै कार्यक्रममा मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मन्जु खतिवडाले मधेश आफैमा संकट भोग्न पर्ने मध्येको कारण वातावरणीय पाटो रहेको बताइन् । उनले संविधान तथा विभिन्न सन्धिमा नेपालले गरेको प्रतिवद्धता अनुरुप कार्य हुनुपर्ने बताइन् । उनले भनिन्, ‘सरकारले युवाका नवितम सोच, योजना तथा उर्जाको सहि सदुपयोग गर्नपर्छ । उनीहरुलाई थिङ्ग ट्याङ्कको रुपमा प्रयोग गरे नगरपालिकाका हरेका क्रियाकलापमा उहाँहरुको समेत अर्थपुर्ण सहभागिता सुनिश्चित हुने बताइन् ।’
कार्यक्रममा बोल्दै पत्रकार रिंकु गायेत्री मिश्रले जनकपुरधाम उपमहानगरपालिका जनताप्रति उत्तरदायी नभएको उल्लेख गरिन् । उनले वातावरणको परिपेक्षमा जनतालाई फोहर व्यवस्थापनको नाममा झुलाएको समेत बताइन् । उनले भनिन, ‘स्थानीय निकायले नीतिमा प्राथमिकिकरण गर्न सकेको छैन् । नगरको दशौँ बजेटमा वातावरण संरक्षण कार्यक्रमभन्दा भौतिक कुराले ओगेटो छ ।’
त्यस्तै कार्यक्रममा जनसमुदायको तर्फबाट प्रश्न उत्तरसमेत भएको थियो भने कार्यक्रममा जनसमुदायबाट उठेका प्रश्नमा उपप्रमुखद्वारा प्रतिवद्धता जाहेर गरेका थिए । कार्यक्रममा नागरिक समाज, युवा, पत्रकार तथा वुद्दिजीवि लगायतको सहभागिता रहेको थियो ।






