शुल्क नबुझाएको भन्दै नीजि स्कूलले विद्यार्थीलाई बन्धक बनाएको खुलासा, प्रहरीद्वारा उद्धार

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका ४ स्थित एक निजी विद्यालयले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ ।

कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडमिक सिरहा प्रालि स्कूलबाट प्रहरीले उद्धार गरेको हो । दशैंमा शुल्क नबुझाएको भन्दै स्कूल संचालकले उनलाई बन्धक बनाएको थियो ।

छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दिपेन्द्रले उद्धार गरिदिन ईलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए । त्यहांका डिएसपी भोला भट्ट आफै विद्यालय पुगेर विद्यार्थी सचिनको उद्धार गरेको बुझिएको छ ।

प्रहरीले स्कूल संचालक राकेश गुप्तासहित तीन जनालाई नियन्त्रणमा समेत लिएको छ ।

डिएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीन जनालाई कार्यालयमा ल्याएको बताए । उनले भने- घटनाबारे अनुसन्धान भइरहेको छ । थप कुरा बोल्न मिल्दैन् ।

स्रोतका अनुसार स्कूल संचालक गुप्ता पक्राउ परेलगत्तै नीजि विद्यालयका संचालकहरु छुटाउनका लागि दबाब दिन ईलाका प्रहरी कार्यालय पुगेका छन् ।

प्रतिक्रिया
    ट्याग: