धनुषामा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरी करिब पाँच सय जना नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेको वाईसीएल धनुषाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश मण्डलले जानकारी दिए ।

कांग्रेस, एमाले, जसपालगायत परित्याग गर्ने नवप्रवेशीहरुलाई पार्टीका मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेल र धनुषा जिल्ला इन्चार्ज अजय शंकर नायकले टीका र गम्छा ओढाएर स्वागत गरे ।

जसपाका रामवृक्ष ठाकुर, रामगणेश मुखिया, श्रवण मन्डल, लोसपाका नगर उपाध्यक्ष जागेश्वर मण्डल र रेणु देबि मंडललगायतका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

बुधवार धनुषाको हंसपुर नगरपालिका ६ सोनिगामामा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू माओवादीमा प्रवेश गरेका हुन् ।

पार्टीका नगर अध्यक्ष सुनिल यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिताकुमारी यादव, जिल्ला संयोजक दीपक यादव लगायतको सहभागिता थियो ।

प्रतिक्रिया