विभिन्न पार्टी परित्याग गरी सयौं जनमत पार्टीमा प्रवेश

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यति खेर मधेश प्रदेशमा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनमा व्यस्त देखिएको छ।

मंगलबार जनमत पार्टी महोत्तरीले जलेश्वरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर ५ सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमतमा प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टीका पुर्वमहासचिव सुनिल रोहित,लोसपाका पुर्व केन्द्रिय सदस्य कादिर अन्सारी ,जलेश्वर नगरपालिकाका पुर्वमेयर राम शरण साह,लोसपा महोत्तरी जिल्लाका पुर्वसभापति सुरेश सिंह,जलेश्वर नगरपालिका –८ का पुर्व वडाध्यक्ष भागरत झाले जनमत प्रवेश गरेका छ्न।

त्यसैगरी ,नेपाली कांग्रेसका नेता हिरालाल यादव,नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता मनोज मण्डल ,जनता समाजवादी पार्टी नेपाल नेता संजय यादवसहित विभिन्न पार्टीका ५ सय भन्दाबढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादवले जानकारी दिए।

उनका अनुसार नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा ,माला र अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।

साथै,नवप्रवेशीहरुलाई जनमत पार्टीका सदस्यतासमेत प्रदान गरेको प्रवक्ता डा.यादवले बताए।

जनमत पार्टी महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र कुमार मण्डलको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंह,पार्टीका राष्ट्रिय प्रवक्ता डा.शदर सिंह यादव,राष्ट्रिय सचीव तथा मधेश प्रदेश सभा सदस्य पुर्व कृषिराज्य मन्त्री संजय यादव,पार्टी प्रवेश समन्वय समितिका संयोजक माधव सिंह,मधेश प्रदेश सभाका अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहसहितका पार्टीका नेताकार्यकर्ताहरुको उपस्थितमा कार्यक्रम भब्यतासाथ सम्पन्न भएको महोत्तरी जिल्ला इन्चार्ज बिरेन्द्र मण्डलले जनाए।

प्रतिक्रिया