चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा १२ जना प्रारम्भिक छनोटमा

चिकित्सा शिक्षा आयोगको रिक्त चार निर्देशक पदमा १२ जना प्रारम्भिक छनोटमा परेका छन् ।
आयोगको नाम सिफारिस समितिले आवेदन दिएका २० जनामध्ये सबैको विवरण अध्ययनपछि धेरै अङ्क पाउने १२ जनाको नाम प्रारम्भिक छनोट सूचीका रुपमा सार्वजनिक गरेको हो ।
प्रारम्भिक छनोटमा परेका १२ जनालाई सिफारिस समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि बोलाएको छ । उनीहरुमा डा. कृष्णसागर शर्मा, प्रा.डा गुरुप्रसाद खनाल, प्रा.डा दिनेशकुमार लम्साल, डा. भीमसिंह त्रिकरी, प्रा. डा वन्दना गुरुङ शर्मा, डा. विजयचन्द्र आचार्य, .प्रा. डा सरला श्रेष्ठ छन् ।
त्यसैगरी, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. स्वयंप्रकाश पण्डित, हरिप्रसाद बस्याल पनि प्रारम्भिक छनोटमा परेका छन् ।
प्रस्तुतिकरण र अन्तर्वार्तामा धेरै अङ्क ल्याउने ४ जना आयोगको निर्देशकमा सिफारिस हुने छन् ।
निर्देशक सिफारिस गर्न गठित समितिले अघिल्लो मंगलबार सूचना निकाल्दै ७ दिनभित्र आवेदन दिन भनेको थियो ।







