मंगलम डायग्नोस्टिक ल्याबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, सय भन्दा बढी लाभान्वित

जनकपुरधाम । मधेश प्रदेशकै चर्चित एवंम् विश्वसनीय ल्याब मंगलम डायग्नोस्टिक सेन्टरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जनकपुरधामस्थित रहेको ल्याबको शाखाले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । ल्याबले जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ को सहकार्यमा मधुमेश र थाइराइडको निःशुल्क स्वास्थ्य विशविरको आयोजना गरेको जनाइएको छ ।

उपमहानगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमै बिहान स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । शिविरबाट सय भन्दा बढी वडावासीहरु लाभान्वित भएको वडाध्यक्ष निरज साहले जानकारी दिएको छ । उनका अनुसार वडाका ५५ जना महिला र ४५ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको हो ।

वर्तमान अवस्थामा मधुमेह र थाइराइडको रोगी बढ्दै गएकोले त्यसलाई मध्यनजर गर्दैै यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको ल्याबका जनकपुरधाम शाखा प्रमुख अर्थ ठाकुरले जानकारी दिएको ट । शिविरको निरीक्षण उपमहानगरपालिकाका मेयर मनोज साहले गरेको थियो ।

प्रतिक्रिया