बिदाको दिन स्वास्थ्य मन्त्रीको छड्के, निजी अस्पतालका दलाल पक्राउ

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले एकाबिहानै छड्के हानेका छन् ।
मधेश प्रदेशका स्वास्थ्यमन्त्री सिंह अनुगमनमैं रहेको बखत निजी अस्पतालमा बिरामी तान्नका लागि खटिएका दुईजना दलाललाई प्रादेशिक अस्पतालबाट पक्राउ गरिएको छ ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाईएको मन्त्री सिंहका निजी सचिवालयले जनाएको छ ।
पक्राउ परेका ती व्यक्ति कुन अस्पतालका लागि दलाली गर्छन् भन्ने खुलेको छैन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक मित्रबन्धु शर्माले जानकारी दिएको छ ।
पक्राउ परेका दलालहरु कुन अस्पतालको लागि काम गरिरहेको भन्ने कुरा अहिले नखुलेको उनले बताए ।
प्रतिक्रिया






