जनकपुरधाम उपमहानगर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने हिसान, प्याब्सन र एनप्याब्सनको धम्की
मेहिलाल र अन्जूलाई कार्वाही गर्न माग

जनकपुरधाम । जनकपुरधाममा रहेको प्याब्सन, हिसान र एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन गर्ने जनकपुरधाम उपमहानगरपालिकालाई चेतावनी दिएको छ । जनकपुरको हिमाली बोडिङ्ग स्कुलका संस्थापक दिपेन्द्र कुमार साह माथि उपमहानगरपालिकाको शिक्षा शाखाका मेहिलाल यादव र अन्जु पाण्डेले दुर्व्यवहार गरेको बताईएको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ’ सबै विध्यालय इलिगल हो । सबलाई जेलमा कोच्छु ’ भन्ने शब्द बोलेको भन्दै उत्त कर्मचारीलाई बुधबार १२ बजे भित्र कार्वाही गर्न चेतावनी दिइएको छ ।
कार्वाही नगरेमा बुधवार १२ बजेपछि चरणबद्ध आन्दोलनमा जाने समेत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया






