स्थानियलाई अधिकारप्रति सचेत गराउँदै इन्सेक

जनकपुरधाम । मानव अधिकारको संरक्षण र संवद्र्धन गर्न राज्य सँगै नागरिकको पनि उत्तिकै दायित्व रहेको हुन्छ। त्यस अर्थमा अधिकारको संरक्षण गर्न सरकार र नागरिकलाई अधिकारको बारेमा थाहा हुनुपर्छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयद्वारा मधेस प्रदेशका दुई वटा जिल्लामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत मानव अधिकार समुह,बाल अधिकार समुह गठन गरेर उनीहरुलाई अधिकारबारे सचेत गराउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले आगाडि बढिरहेको छ।

सोही अनुसार ईन्सेकले धनुषाको वटेश्वर गाँउपालिका मा मानव अधिकार समुह र स्थानिय सरोकारवालाहरुका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेर पालिका भित्रका ५०‌ जनालाई तालिम दिइएको छ।

पालिकाको सभाहलमा आयोजना गरिएको दिई दिने तालिममा पालिका भित्रका बाल अधिकार समुह ,मानव अधिकारका पदाधिकारीहरु, स्थानिय सरकारका जनप्रतिनिधिहरु र पालिकाको विभिन्न शाखामा कार्यरत शाखा प्रतिनिधिहरुलाई सहभागी गराइएको थियो।

मानव अधिकार समुह वटेशवर गाउँपालिका का अध्यक्ष सुरज महतोको अध्यक्षता भएको सो तालिममा इन्सेक प्रदेश कार्यलयका‌ संयोजक राजु पासवानले‌ मानव अधिकार र नागरिक शिक्षा बारे प्रस्तुतिकरण गरेका थिए भने इन्सेक प्रदेश कार्यलयका‌ फोकल पर्सन बरुण बस्यालले समाजको समस्या पहिचान र सामाधानको योजना बारे जानकारी गराएका थिए। उनका अनुसार “हामीले दुई वर्षमा उनीहरूलाई अधिकार का बारेमा विभिन्न कार्यक्रमहरु मार्फत जानकारी गरायौं,अबको समय निति, ऐन निर्माण‌ गर्ने र कार्यन्वयन तर्फ आगाडि बढ्ने कुरा बताएका थिए । त्यस्तै मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख मञ्जु खतिवडाले “ नेपालको संविधान, मौलिक हक र संघ , प्रदेश र स्थानिय तहका अधिकारहरुबारे प्रस्तुतिकरण गरेका थिए।

मानव अधिकार हननका घटना बारम्बार हुने गरेकाले त्यसो हुन नदिने गरी काम गर्न नागरिक आफैं सचेत हुनुपर्ने र मानव अधिकार हनन् हुन नदिने काममा खवरदारी गर्न सम्बन्धित पक्ष बढि सक्रिय हुनुपर्ने कुरा वटेशवर गाउउँपालिका उपाध्यक्ष फुलकुमारी सिंह बताएकी छिन्। उनले भनिन् “ वटेशवर गाउँपालिकाले मानव अधिकारको क्षेत्रमा‌ निति कार्यक्रम मै मानव अधिकार सहायता कक्ष समावेश गरेको छ।“ पालिका भित्रका ब्याचलर पास महिलाले विवाह गरेमा प्रोत्साहन स्वरुप नगद रु.२५०० दिने कार्यक्रम पनि समेटिएका छौ “।

मानव अधिकार शिक्षा कार्यक्रमले वटेशवर गाउँपालिका मा एकदमै राम्रो प्रभाव पारेको कुरा वटेशवर गाउँपालिका वार्ड नं १ का वाडा अध्यक्ष अशोक महतोले बताए । उनका अनुसार अभियान राम्रो छ ,वाडा वाडा मा विस्तार गर्नु पर्ने कुरा मा जोड दिएका थिए। विधार्थीहरु आफ्नो अधिकार प्रति सचेत हुदै गएका छन्। सडक नाटक मार्फत टोल– टोलमा गएर जनचेतना फैलाईरहेको अवस्था रहेकोले इन्सेकलाई धन्यवाद ज्ञापन गर्दै अझ सशक्त ढङगले आगाडि बढ्न सुझाव दिएका थिए।

स्थानिय समुदायलाई अधिकार र कर्तव्य प्रति सचेत गराउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उदेश्यले विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु गरेर आमजनसमुदायमा सचेतना फैलाउदै आएको छ।

प्रतिक्रिया
दिवेशकुमार महतो