नेपालमा २६ घण्टा कसरी बिताउँदैछन् डा.जयशंकर ?

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालमा २६ घण्टा बिताउने भएका छन्। उनको नेपाल–भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अ‍ोर्लने कार्यक्रम छ।

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन् । उनी भोलि शुक्रवार दिउँसो १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

नेपालमा २६ घण्टा कसरी बिताउँदैछन् डा.जयशंकर ?

१९ गते बिहीबार १० बजे बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने

११ बजे राष्ट्रपतिलाई शितल निवासमा भेट गर्ने

१२ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्ने

१ बजे परराष्ट्रमन्त्री एनपी साउदलाई याक एण्ड यति होटेलमा भेट्ने

१ः१५ बजे दुई देशको संयुक्त बैठकमा सहभागी

१ः४५ बजे सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम

२ बजे परराष्ट्र मन्त्रालयको दिवा भोजमा सहभागी हुने

३ः४० बजे पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने

४ः३० बजे पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्ने

६ः१५ बजे सोल्टी होटेलमा डिनर खाने

२० गते शुक्रवार

८ बजे बिहान पशुपतिनाथ मन्दिरको दर्शन

९ बजे पुस्तकालय र अन्य भौतिक निर्माणको उद्घाटन

१२ बजे दिल्ली फर्किने

प्रतिक्रिया