तराईमा वाक्लो कुहिरो, छैन कतै हिमपातको सम्भावना

काठमाडौं । आज देशभरको मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुुहिरो लागेको छ।

मशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रतिक्रिया