डा. चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट सम्मानित

काठमाडौं । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८०बाट चिकित्सक हरु सम्मानित भएका छन।
अवार्डबाट सातै प्रदेशका १३ जना चिकित्सक, पांँचजना पत्रकार, पांँचजना स्वास्थ्यकर्मी र दुईवटा स्वास्थ्य संस्थालाई सम्मानित गरिएको हो । प्रमुख अतिथि डा। शशांक कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतबाट उनीहरु सम्मानित भएको हो।
प्राडा पशुपति चौधरी लाइ नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा जिम्मेवार तवरले कुशल वरिष्ठ अर्थोपेडिक (विशेषज्ञ) को रुपमा पुर्याएको महत्त्वपूर्ण योगदान लाई उच्च मुल्यांकन गर्दै स्वास्थ्य दर्पण मिडियाले आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० प्रदान गरिएको छ।
सम्मानित हुनेहरुमा चिकित्सक तर्फ प्राडा पशुपति चौधरी , प्रा. डा. रामनरेश पण्डित, डा. निलम चौरासिया, प्राडा राजेन्द्र प्रसाद कोजु, प्राडा लोक बहादुर सेंढाई, डा. हरि बहादुर खड्का, डा सरु थापा न्यौपाने रहेको छ ।
यस्तै सम्मानित हुनुुुहुने अन्य चिकित्सकहरुमा डा. प्रदेश घिमिरे, डा.गुरु शरण शाह, डा.योगेन्द्र अग्रहरी, डा.अखण्ड उपाध्याय , डा.प्रमोद जोशी र डा. नर बहादुर मौनी रहेको छ । यस्तै सम्मानित हुने पत्रकाहरुमा बरिष्ठ पत्रकार गणशेखर शर्मा, रामराज पोख्रेल, स्वास्थ्य पत्रकार पूर्णिमा डंगोल शाक्य, वरिष्ठ पत्रकार दीपकजंग हमाल र महेन्द्रराज श्रेष्ठ रहेको छ ।
अवार्डबाट सम्मानित हुने स्वास्थ्यकर्मीमा बालकृष्ण गौतम, ईश्वरी प्रसाद भुषाल, दिपेन्द्र कार्की, मेघराज बलामी र सुरेश कुमार अधिकारी रहेको छ । यस्तै अवार्डबाट सम्मानित हुने दुई स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा निर्देशनालय बर्दिया अस्पताल, बर्दिया र बुलिंगटार गाउंँपालिकाको कार्यालय, नवलपुर रहेका छन ।






