श्रीमानसँगै घाइते अस्मिताको पनि मृत्यु

जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी अस्मिता शर्माको मृत्यु भएको छ। शनिवार राति क्षिरेश्वरनाथ नगरपालिका–३ मा राधे सहनी र उनकी श्रीमती अस्मिता शर्मा दुर्घटनामा परेका थिए। दुर्घटनामा राधेको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएकी २२ वर्षीय अस्मिताको उपचारको क्रममा आइतवार राति प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रंञ्जन अवाले जानकारी दिए।

महोत्तरीको लोहरपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी साथीहरूसँग श्रीमती अस्मितालाई लिएर घुम्न जाने क्रममा आइतवार साँझ मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनापछि राधेका साथीहरूले उनको श्रीमती अस्मितालाई माइती पु¥याएका थिए। अस्मितालाई अचेत अवस्थामा उनको माइतीले अस्पताल पु¥याएको थियो।

दुर्घटना शनिवार नै भएपनि आइतवार बिहान मात्रै क्षिरेश्वरनाथ नगरपालिका–३ पकडिया स्थित गँहु खेतमा राधे मृत अवस्थामा फेला परेका थिए। लोहरपट्टीका राधे र क्षिरेश्वरनाथ नगरपालिका पकडियाकी अस्मिताले चार महिना अघि प्रेम विवाह गरेका थिए। विवाहपछि उनीहरू क्षिरेश्वरनाथ नगरपालिकाकै महेन्द्रनगमा कोठा भाडा लिएर बस्दै आएका थिए।

आइतवार राधे ससुराली पकडियाबाट श्रीमती अस्मितालाई लिएर साथीहरूसँग महेन्द्रनगरका लागि घरबाट निस्केका थिए। सोही क्रममा दुर्घटनामा परेको थियो।

राधेसँगै ससुरालीबाट निस्केका उनको तीनजना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरी प्रवक्ता अवाले जानकारी दिए।

प्रतिक्रिया