समर्थन फिर्ता लिँदै मधेश सरकारबाट बाहिरियो जनमत

जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको छ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मङ्गलवार राजीनामा दिएका हुन्।

मङ्गलवार जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले जानकारी दिए।

प्रतिक्रिया