आफ्नै काकीको खानमा विष मिसाएर हत्या गर्ने भतिज पक्राउ

जनकपुरधाम । धनुषामा आफ्नै काकीलाई खानामा विष मिसाएर ज्यान मारेको आरोपमा भतिजलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । प्रहरीले खानामा विष मिसाएर खुवाएर ज्यान मारेको आरोपमा नातामा पर्ने आफ्नै भतिजलाई पक्राउ गरेको छ । २३ वर्षदेखि फरार प्रतिवादीको सूचीमा रहेको उनलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी एवं प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ ।

सोमबार दिउँसो करिब एक बजेको समयमा धनुषाको कमला नगरपालिका ६ बस्ने वर्ष ५४ का मोहन साह कानुलाई प्रहरीेले पक्राउ गरेको हो । उनलाई कमला नगरपालिका ६ सखुवा बजारबाट पक्राउ गरिएको डीएसपी अवाले बताए ।

कानुलाई २०५७ साल माघ ११ गते राति आफ्नै काकी बुधनी देवीको खानामा विष मिसाई ख्वाई ज्यान लिएको भनी कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको वहाँले बताए । उक्त घटनामा एकजनालाई पक्राउ गरिएपनि आरोपित अझै तीनजना फरार रहेको बताइएको छ । बुधनीको ज्यान मार्ने घटनामा पक्राउ परेका भतिज कानुहसहित श्रीमान्, छोरा र बुहारी समेत फरार प्रतिवादीको सूचीमा रहेको बुझिएको छ ।

प्रहरीका अनुसार बुधनी देवीलाई विषय खुवाउँदा मृत्यु भएपछि लासको बारेमा कोही कसैलाई जानकारी नराई बेपत्ता पारी लास दबाएर वारदात पश्चात आरोपितहरु फरार भएको थियो । ‘जसमध्ये एकजनालाई २३ वर्षपछि पक्राउ गरिएको छ, डिएसपी अवाले भन्नुभयो, बाँकी तीनजनाको पनि खोजतलास हुँदैछ।’

प्रहरी चौकी सिंग्याही मडान धनुषाबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले कानुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय खजुरीमा दाखिला गरी निज थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया