सबै भाषा संस्कृतिलाई उजार गर्न आवश्यक : पर्यटनमन्त्री यादव

जनकपुरधाम । सबै भाषाभाषी, कलासंस्कृतिलाई उजार गर्न आवश्यक रहेको मधेश प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बताएकी छिन् ।
बिहिबार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा आजदेखि सुरु भएको जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्टिय नाट्य महोत्सवमा बोल्दै उनले यस्तो बताएकी छिन् । मन्त्री यादवले मैथिली जस्तै भोजपुरी संस्कृति, अवधि लगायतका सबै भाषा संस्कृतिलाई उजागर गर्न तीनै तहको सरकारको दायित्व रहेको बताईन् । उनले सोही अनुरूप प्रदेश सरकारले योजना बनाइरहेको बताईन् ।
उनले यही भूमिका राजा जनक, राजा सलहेश, आदर्श नारी मानिने माता सीता जस्ता साम्यवादी ईतिहास बोकेका धरोहरहरुलाई राष्ट्रिय विभूति धोषणा गर्न आवश्यक रहेको बताईन् । हामीले सम्यवादको सपना हेर्दै गर्दा त्यसकै उदारहणकै रुपमा रहेको उहाँहरुलाई राष्ट्रिय विभूति धोषणा गर्न दबाब सिर्जना गर्न पनि लाग्नुपने मन्त्री यादवले बताईन् ।
धार्मिक पर्यटनको क्षेत्रलाई पनि प्रवद्र्धन गर्न हाम्रो संस्कृतिको विकास हुन जरुरी रहेको उनले बताईन् ।






