उत्कृष्ठ प्रदेशसभा सदस्य बने ठाकुर

जनकपुरधाम । मधेश प्रदेशसभाका सदस्य दिपेन्द्रकुमार ठाकुर उत्कृष्ट मधेश प्रदेशसभा सदस्यका रुपमा सम्मानित भएको छ । संसदीय कामकारबाहीमा उल्लेख्य भूमिकासहित उच्च योगदान पुर्याएकाले ठाकुलाई उत्कृष्ट प्रदेशसभा सदस्य रुपमा सम्मान गरिएको हो ।
मधेश प्रदेशसभाको छैटौं वार्षिकोत्सवका अवसरमा आइतबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य ठाकुर सम्मानित भएको छ । ठाकुर प्रादेशिक राजधानी जनकपुरधामका अधिकांश वडा रहेको धनुषा ३(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
ठाकुरलाई मुख्यमन्त्री सरोजकुमार यादव र सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रशस्तिपत्र दिएर सम्मान गरे ।
प्रतिक्रिया






