गुणस्तरीय शिक्षाका लागि जन विकास शिक्षाले प्रदेश जिल्ला र स्थानीय तहलाई अभिमुखीकरण दिँदै

काठमाडौं । गुणस्तरी शिक्षामा टेवा पुर्याउनका लागि जन विकास शिक्षा प्रा.लि. देशभरका सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई अभिमुखीकरण दिने भएको छ। जन विकासले सो कार्यक्रम अन्तर्गत आइतबारबाट बागमती प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु गर्ने भएको छ ।

‘शिक्षामा विकास, हाम्रो प्रयास’नाराका साथ जन विकासले यो कार्यक्रम सुरु गर्न लागेको जन विकास शिक्षा प्रा.लि.का संस्थापक धिरेन्द्र कुमारले बताएका छन् । विद्यार्थीहरुको शैक्षिक क्षमता अभिबृद्धि गर्न यो कार्यक्रम सुरु गर्न लागेको संस्थाका धिरेन्द्र कुमारको भनाई छ ।

दक्ष तथा बेरोजगार जनशक्तिलाई थप रोजगार दिलाउने उद्देश्यले जन विकास शिक्षा प्रा.लि.ले विभिन्न कार्यक्रम गर्न लागेको संस्थाका प्रशासकीय अधिकृत संजिवकुमार यादवले जानकारी दिएको छ ।

प्रतिक्रिया