धनुषामा मोटरसाइकलको ठक्करले पैदल यात्री वृद्धको मृत्यु

जनकपुरधाम । धनुषामा मोटरसाईकलको ठक्करबाट एकजना पैदल यात्री बृद्धको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको छ ।

बाटोमा पैदल हिडिरहेका मण्डललाई ०२–००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रबक्ता एवम् डीएसपी रञ्जन अवाले जानकारी दिएको छ ।

ठक्कर दिने विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय मोटरसाइकल चालक रोहित मण्डल फरार भएका छन् । मण्डलले चलाइरहेको मोटरसाइकल प्रहरीले इकराहीबाट बरामद गरेका छन् ।

मृतक बृद्धको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर