आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । हमास समुहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख सहयोग गरेको छ ।

मधेश सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले आज मृतक साहका बुवा सोमन साहलाई पाँचलाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया गापा ४ बस्ने आनन्द साह सहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।

प्रतिक्रिया
नागरिक मिरर