सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणले मनाए १७ औँ वार्षिकोत्सव

जनकपुरधाम । सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वाटर, धनुषाले १७ औं वार्षिकोत्सव मनाएको छ। सोमबार एक समारोहबीच भव्यताका साथ सम्पन्न गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीका सशस्त्र प्रहरी एससपी माधव प्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति एसपी दर्शन गिरीले गरेका थिए । कार्यक्रममा विशिष्ट धनुषा प्रमुख जिल्ला अधिकारी राजु राम कडरिया, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारी, सशस्त्रका डिएसपीहरु, इन्स्पेक्टरहरु, सशस्त्र प्रहरी जवानहरु लगायतकाको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण विधिवत रुपमा स्थापना भएको अवसरमा यो वर्षबाट स्थापना दिवस मनाउन थालेको हो । यस अवसरमा गणले विभिन्न खेलका बिजेता खेलाडी तथा संगठनमा रहेर उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई पुरस्कार वितरण गरेका थिए । 

प्रहरी कर्मचारीहरूले विभिन्न भेषभुषा जातजातीसँग सम्बन्धित  सांस्कृतिक प्रस्तुति पनि देखाएका थिए ।

प्रतिक्रिया
नागरिक मिरर