शिवपुुरी नागार्जुन राष्ट्रिय निकुन्ज विरुद्ध स्थानियहरुको विरोध प्रर्दशन

काठमाडौं । शिवपुुरी नागार्जुन राष्ट्रिय निकुन्ज विरुद्ध काठमाडौको सुन्दरीजलमा आज स्थानियहरुले विरोध प्रर्दशन गरेका छन । निक्ुन्ज बनाउदै देखि नै विरोध गर्दै आएका स्थानियहरुले सरकारले आफुुहरुसंग कुनै सरसल्लाह नै नगरिकन आफुहको जमिन समेत खासेर निकुन्ज बनाएको आरोप लगाउदै आएका छन । आन्दोलनरत स्थानियहरुले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट हुँदै आएको शोषण, दमन तथा बन्दक बनाउने कार्यको विरोध गरेको जनाएका छन् ।

यस अघि पनि गएको असोज २७ गते काठमाडौँ जिल्लाका ओख्रेनी, मूलखर्क र शखंरापुर, त्यसैगरी नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका निकुञ्ज पिडित आदिवासी जनजातिहरुले विरोध ¥यालीको आयोजना गरेर बिरोध जनाएका हुन् ।

निकुञ्जमा रहेको नेपाली सेनाले ढाट राखे देखि स्थानियहरु विरोधमा उत्रेका छन । पिडितहरुले टिकट काउन्टर बन्द गर्नु पर्ने, श्रोतहरुको दोहन बन्द गर्ने, निर्माण भइरहेका र नयाँ निर्माण हुने आयोजनाहरुमा स्थानीय आदिवासीहरुसँग स्वतन्त्र अग्रिम जानकारी सहतिको मन्जुरी (एफपिक) लिनु पर्ने लगायतमा मागहरु राखेका छन् ।

पिडितहरुले सदियौँदेखिको ऐतिहासिक थातथलो ओख्रेनी, मुलखर्क, तारेभिर, चिसापनी, घुमारचोक, गागल, मणिचुडलगायत क्षेत्रमा राज्यले नागर्जुन राष्ट्रिय निकुञ्जको नाममा स्थानीय अदिवासीहरुको सहमती बेगर सुन्दरीजलको जलश्रोत दोहन गर्ने, विद्युत उत्पादन गर्ने, आधारभूत भौतिक पूर्वाधारहरुबाट बञ्चित गर्ने, सैन्यकरण मार्फत् स्थानीय आदिवासीहरूलाई चिडियाखानाको जानवर झैँ कैद गर्ने कार्य हुँदै आएको आरोपहरु लगाएका छन ।

आदिवासी राष्ट्रका जनताहरुको हकअधिकार, स्वतन्त्रता, सार्वभौमिकता, स्वशासनको अधिकार र समग्रमा आत्मनिणर्यको अधिकारमाथि सङ्कट पैदा भएको हुँदा सोको संरक्षणको लागि नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धी, महासन्धी, घोषणपत्रहरु जस्तै अन्तर्राष्ट्रिय श्रम संगठन १६९, आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय धोषणापत्र, आदिले प्रत्याभुत गरेको निणर्य प्रकृया तथा लाभको वितरणमा स्वदेशी राष्ट्रहरुको अनिवार्य सहभागिता गराउने प्रतिवद्धताप्रति राज्य गैरजिम्मेवार हुँदै आएको पिडितहरुको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर