सरकारको नीति तथा कार्यक्रम जेठ १ गते

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम १ जेठमा संसदमा प्रस्तुत गर्ने भएको छ। 

सभामुख र दलका सचेतकहरुसँग बिहीबार सिंहदरबार भएको छलफलमा अर्थमन्त्री वर्षमान पुनले १ जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी गराएका थिए। 

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले संघीय संसदको संयुक्त सभामा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया
नागरिक मिरर