स्वास्थ्यमा समस्या आएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

जनकपुरधाम । स्वास्थ्यमा समस्या आएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पु¥याइएका सिरोहियालाई शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन्।

सिरोहियाका वकिल रमन कर्णले उनको स्वास्थ्य अवस्थाबारे प्रहरीलाई शुक्रबार साँझ जानकारी गराए पनि ढिलासुस्ती भएकाले समस्या थपिएको जानकारी दिए । ‘

मुटुमा कठिनाइ, रिंगटा लाग्ने, टाउको दुख्ने समस्या बढेपछि परिवारले अस्पताल पठाउन आग्रह गरे पनि प्रहरीले ढिलाइ गरेको उनका वकिलले जनाएका छन् । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको हो ।

प्रादेशिक अस्पतालमा न्युरोलोजी लगायतको परीक्षण सुविधा नभएकाले काव्या अस्पतालमा सिरोहियालाई सारिएको छ । काव्यामा उपचार भइरहेको डाक्टर एसके सिंहले जानकारी दिए । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर