अत्याधिक गर्मीका कारण जनकपुरधामका विद्यालय बन्द

जनकपुरधाम । जनकपुरमा अत्याधिक गर्मी बढेसँगै जनकपुरधाम उपमहानगरपालिकाले विद्यालय बन्द गर्न सूचना जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयलाई जेष्ठ १७ गते देखि जेष्ठ २१ गतेसम्म विदा दिएको हो ।

उच्च तापक्रम बढेसँगै बालबालिकालाई पठनपाठनमा असहज हुने भन्दै विद्यालय बन्द गरेको विज्ञप्तीमा उल्लेख रहेको छ । साथै यस विदा वर्षे विदाबाट कट्टा हुनेसमेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर