जनमतले तोक्यो दुई जिल्लामा नयाँ इन्चार्ज

जनकपुरधाम । जनमत पार्टीले दुई जिल्लामा नयाँ इन्चार्ज तोकेको छ ।

आइतबार जनमत पार्टी केन्द्रिय सचिवालय बैठकबाट कपिलवस्तु र सुनसरीमा नयाँँ इन्चार्ज तोकेको निर्णय गरेको जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

उनका अनुसार कपिलवस्तुमा मो.रियाज अहमद मुसलमान र सुनसरीमा रामानन्द मेहतालाई जिम्मेवारी दिइएको छ।

पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार हुने विश्वासका साथ नयाँ जिम्मेवारी तोकेको बताएका छन् ।

सचिवालय प्रमुख मण्डलले उनिहरु कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षासहित कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया
नागरिक मिरर